महाकाली नदीले बगाउँदा बाबु–छोरा बेपत्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ९, शनिबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र ९, बैतडी । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सीमा बजार झुलाघाटका ४४ वर्षीय सन्तोष चन्द र उनका पाँच वर्षीय छोरा तनुज चन्द रहेका छन् ।

महाकाली नदीस्थित भारतीय क्षेत्रतर्फ किनारमा ट्युबसहित पौडी खेलिरहेका बाबु–छोरा अपराह्न बगेर बेपत्ता भएका सशस्त्र प्रहरी बल, नेपाल नं ५१ गुल्म हेडक्वार्टर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले जानकारी दिए । दिनदिनै ट्युब खेल्ने बाबु–छोरा शुक्रबार भने एक्कासि नदीमा बगेको भन्ने खबर आएको पुजाराले बताए ।

उनका अनुसार घटना भारततर्फ भएकाले पूर्ण जानकारी आएको छैन । बेपत्ता दुवै जनाको खोजीका लागि नेपाल र भारतीय सुरक्षाकर्मीको टोली परिचालन भएको सशस्त्र प्रहरी बल, नेपाल नं ५१ गुल्म हेडक्वार्टर बैतडीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस