धरानमा सुरक्षा व्यवस्था कडा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ९, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाण्डौँ । सुनसरीको धरानमा अवस्था सामान्य रहेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार अहिलेसम्म धरानको अवस्था सामान्य छ ।

स्थानीय प्रशासनले सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । धर्ना, जुलुस, भेला गर्न नपाउने गरी धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी गएराति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि निषेधाज्ञा लागू गरिएको छ ।

निषेधाज्ञासहित धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशमा धरानमा फैलिएको डेङ्गी सङ्क्रमण नियन्त्रणमा नआउञ्जेल स्वास्थ्य आपतकाल अवस्था क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा यसअघि नै सिफारिस गरेको र धरानमा आज धार्मिक–साम्प्रदायिक सङ्कटको अवस्था समेत देखिएकाले शान्ति सुरक्षालाई ख्याल गरेर निषेधाज्ञा जारी गरेको उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस