राष्ट्रिय मानव अधिकार आयोगद्वारा धरानमा सामाजिक सद्भाव कायम राख्न आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ९, शनिबार (१ साल अघि)
  • ७४ पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ ।
वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै आयोगले सामाजिक सद्भाव कायम राख्न अपिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि २४ घण्टाको लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले शनिबार र्‍याली निकाल्ने तयारी गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस