‘गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा जान सक्छ’ : प्रभु साह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ११, सोमबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ११, काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिएका छन् ।

सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएका भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिएका छन् । उनले १७ वर्ष अगाडी नै मुद्दा दर्ता भएको भएपनि प्रक्रिया अगाडी नबढेको भन्दै पीडितले नेपालमा न्याय नपाएमा हेग जाने अवस्था आउने बताए ।

अध्यक्ष साहले सरकारले आफ्नो कुर्सी हल्लिने भएपछि गौर हत्याकाण्डको विषयमा छानबिन नगरेको बताउनुभयो । उहाँले सरकारले कानूनी शासनको खिल्ली उडाउने काम गरेको बताउनुभयो । उहाँले सरकारले सत्ता जोगाउनका लागि गौर हत्याकाण्डको छानबिन नगर्ने हो भने पीडितहरु चुप नलाग्ने बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस