देश परिवर्तनका लागि पहिले माओवादी रूपान्तरण गर्नैपर्छ : अध्यक्ष दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १२, मंगलबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र १२, काठमाण्डौँ ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन्।

माओवादीको उपत्यका विशेष प्रदेश समितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताएका हुन्।

उनले भने, “देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा अभियानको सुरूवात गरिएको छ। यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ । त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ। जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ।”

उनले सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाएको उल्लेख गर्दै यो अभियान नरोकिने स्पष्ट पारे।

“नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ। यो यहीँ रोकिनेवाला छैन”, अध्यक्ष दाहालले भने, “भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ। हामीविरूद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्छौं।”

मुलुकको समृद्धिका लागि गुणात्मक विकासको खाँचो औंल्याउँदै उनले विकासको मोडल फेर्नुपर्ने बताए।

“परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन। यसमा गुणात्मक रूपान्तरण जरूरी छ”, उनले भने, “असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौं। अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौं।”

ताजा अपडेट

खोजी गर्नुहोस