एमसीसीका उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड नेपाल आइपुगे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १२, मंगलबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र १२,काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस.एलफोर्ड नेपाल आइपुगेका छन् । एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख रहेका एलफोर्ड नेपालमा एमसीसी कार्यन्वयनमा जाने अघिल्लो दिन काठमाडौँ आइपुगेका हुन् ।

क्यामरुन अर्थ मन्त्रालयमा हुने एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुनेछन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरुबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत एमसीसी कार्यान्वयनको घोषणा गर्ने तयारी छ ।

‘नेपालसँगको एमसीसी सम्झौताको सुरुवातको अवसर पारेर एमसीसीका सम्झौता कार्य(सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपालको भ्रमणमा आउनु भएको छ। नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ, ‘नेपालमा एमसीसीको कार्य अवधिभर बृहत्तर सरोकारवालाहरू, नेपालका सरकारहरू र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको हो । यस सम्झौताको सफल कार्यान्वयन सुनिश्‍चित गर्न एमसीए-नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौँ।’

दूतावासले एमसीसी सम्झौताका लक्ष्यहरू समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेको पनि जनाएको छ ।यसपछि एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ भने सहमतिअनुसार समयमा एमसीसी परियोजना सम्पन्न नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनुपर्नेछ सहमति छ ।

‘एमसीसी परियोजना कार्यान्वयन गर्ने मिलेनियम च्यालेन्ज एकाउन्ट ९एमसीए० नेपालको सञ्चालक समितिको बैठकले ‘इन्ट्री इन्टु फोर्स’ को मिति तय गरेको थियो । एमसीएको बोर्डमा पर्यवेक्षक रहेका एमसीसीका प्रतिनिधि पनि सकरात्मक भएपछि लेटर अफ एक्सचेन्ज’ मार्फत एमसीसी कार्यन्वयनको घोषणा हुन लागेको हो,’ उच्च कूटनीतिक स्रोतले भन्यो, ‘त्यसका लागि एमसीसीको मुख्यालयबाटै परियोजना अघि बढाउँदा हुन्छ भन्ने सकारात्मक सन्देश आएको थियो ।’

आयोजनाहरूको ठेक्काको प्रक्रिया र जग्गा अधिग्रहणका सूचना प्रकाशित गर्ने क्रम शुरु भएको छ ।

नेपाल र अमेरिकाबीच पाँच वर्षअघि हस्ताक्षर भएको एमसीसी कम्प्याक्टको एमओयूअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब रुपैयाँ अनुदान दिनेछ भने नेपालले पनि एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात् करिब १७ अर्ब लगानी गर्नुपर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस