धनगढीमा समाजवादी मोर्चाको कार्यक्रम हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १३, बुधबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाण्डौँ । चार दलीय समाजवादी मोर्चाको बुधबार धनगढीमा सभा हुने भएको छ । सन्देश सभाको नाममा मोर्चाले सातै प्रदेशमा घोषणा कार्यक्रम तय गरेअनुसार बुधबार सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमलाई मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजादी, जसपा र नेकपा रहेका छन् । मार्चाले यसअघि नै ८ गते वीरगंजमा, १२ गते बुटवलमा घोषणासभा गरिसकेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस