भाद्र १५, काठमाडौँ । अमेरिकी सिनेटर नेपाल आएका छन् ।
सिनेटर क्रिस भान होलेन शुक्रबार काठमाडौं आइपुगेका हुन् । सिनेटर होलेनले नेपाल बसाइका क्रममा सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने बताइएको छ ।
यसैबीच नेपाल आउँने बित्तिकै सिनेटर होलेनले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् ।
मन्त्री साउद र सिनेटर होलेनबीच दुई देशको हित, सहयोग आदानप्रदान लगायतका विषयमा छलफल भएको बताइएको छ ।