‘एमाले महान उद्देश्यहरूतर्फ फर्किएको छ’ : केपी शर्मा ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १६, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १६, रूपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले महान उदेश्यहरूतर्फ फर्किएको बताएका छन् ।
बुटवलमा आयोजित एमाले लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सरकारमा पुगौँ र टिकौँ भन्ने नरहेको स्पष्ट पार्दै महान उदेश्यहरूतर्फ फर्किएको बताएका हुन् ।

पार्टीका उदेश्य पूरा गर्ने बताउँदै उनले एमाले कर्मकाण्ड नभएको स्पष्ट पारे ।
‘नेकपा एमाले कर्मकाण्ड होइन। महान उद्देश्यहरुतर्फ फर्किएको छ। ती उद्देश्यहरु यस पार्टीले गर्ने छ। गरिआएको छ। यसको काँधमा अरु पार्टीजस्तो जसरी भएपनि सरकार बनाउँ, सरकारमा पुगौं र टिकौं भन्ने होइन,’ ओलीले भने।

अध्यक्ष ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत रिसाउँछ भनेर ईपीजीको प्रतिवेदनबारे कुरा उठाउन नसकेको भन्दै कटाक्ष पनि गरेका छन् ।

उनले भने,‘ईपीजीको प्रतिवेदनको बारेमा किन नभनेको भन्दा सोध्दा रिसाउँछन् कि भनेर नभनेको रे । अनि त्यो राँगा लिन अरूलाई पठाएको भए हुँदैनथ्यो प्रधानमन्त्रीले, राँगा डोर्‍याउँनुपर्छ त रु अब दिइहाले त के गर्ने कस्तो नमिलेको, गेरु वस्त्र लगाएको छ, मुर्रा राँगा तानेको छ । गेरु वस्त्र धारणम, मुर्रा राँगा ताननम् । यस्ता खालका प्रधानमन्त्री ।’

एमालेले देशको स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अंखण्डा हुनुपर्छ भन्ने मान्यता राख्ने र राष्ट्रिय स्वाभिमानलाई तल गिर्न नदिने ओलीले बताए । उनले एमालेको सरकार ढाल्न नसकेर अदालतमा गएर ढालेको बताउँदै वामपन्थीको खोल ओढेकाहरूले दक्षिणपन्थीसँग मिलेर एमालेको सरकार ढालेको आरोप लगाए ।

ताजा अपडेट

खोजी गर्नुहोस