‘सर्वसाधारणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रको समस्या कम हुन्छ’ : चन्द्र ढकाल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र २८, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २८, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सर्वसाधरणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रमा देखिएका समस्या कम हुने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले सरकार र नियमनकारी निकायले उद्योगी व्यवसायी र जनतालाई आत्मविश्वास बढाउने नीति ल्याएर अर्थतन्त्रका वर्तमान समस्या समाधानतर्फ उन्मुख हुने बताए ।

पछिल्लो समय सरकार नियमकारी निकायले निजी क्षेत्रले उठाउँदै आएका समस्या र मागका विषयमा बेवास्ता गर्दा अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ छ । अध्यक्ष ढकालले सरकारले उद्योगी व्यवसायी र जनतालाई सकारात्मक बनाउने गरी नीति नल्याएसम्म अर्थतन्त्रमा समस्या समाधान हुन नसक्ने दाबी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस