बाबुराम भट्टराईको प्रश्नः सरकार जनताप्रति यति असंवेदनशील किन र कसरी बन्छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १४, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकार जनताप्रति असंवेदनशील बनेको टिप्पणी गरेका छन् ।

सरकारले चाडपर्वहरुको मुखमा जनतालाई मार पर्ने गरी सरकारले मुल्यवृद्धि गरेपछि भट्टराईले सरकार जनताप्रति असंवेदनशील किन र कसरी बन्छ ? भन्दै प्रश्न गरेका हुन् ।

‘सरकार जनताप्रति यति असंवेदनशील किन र कसरी बन्छ ? हिजो जनताको घरदैलोमा बसेर क्रान्तिको नेतृत्व गर्नेहरू केही वर्ष सिंहदरबार र बालुवाटारमा बस्दैमा जनताको चुलो कसरी बल्छ भन्ने चटक्कै बिर्सन कसरी सक्छन् ?’ भट्टराईले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेका छन्, ‘त्यसै त चौतर्फी मन्दीको फलस्वरूप अहिले प्रमुख चाडबाडको मुखमा गाउँशहर कतै उत्साह छैन, चहलपहल छैन । लालबालालाई नानाखाना जुटाउन धौधौ छ । बेरोकटोक महंगी छ ! ढुवानी र यातायात भाडाको चर्को मार छ ! यस्तो बेला सबैतिर मंहगी नियन्त्रणमा जोड दिनुपर्नेमा उल्टै पेट्रोलियम पदार्थको मूल्यवृद्धि किन गरेको ?’

‘दशैं/तिहार/छठ लगायतका विभिन्न समुदायका प्रमुख चाडपर्वको मुखमा जुनसुकै वहानामा भए पनि इन्धनको मूल्य बढाउँदा सबैतिर मंहगी झन् बढ्छ र जनताको ढाड सेकिन्छ भन्ने नबुझेको कि लाज पचाएको ? आयातमा भर पर्ने इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्ने वित्तिकै बढाउनैपर्ने तर्क गर्नेहरूले कमसेकम चाडबाड र बढी खपत हुने समयमा वेलैमा पर्याप्त संचय गर्ने, आयल निगमको अनावश्यक खर्च कटाउने, बोनस लगायतका नाउॅमा सार्वजनिक आम्दानीको दोहन नगर्ने, विशिष्ठ अवस्थामा अन्यत्रको खर्च कटाएर पनि आम जनतालाई सिधै मर्का पर्ने र सबैतिर मूल्यवृद्धि गराउने इन्धनमा राहत अनुदान दिने आदि व्यवस्था गर्नुपर्दैन ?’ पूर्वप्रधानमन्त्री भट्टराईले भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस