‘पैसा दिएपछि सरकारले अपराधीलाई आममाफी दिएर रिहा गर्‍यो’ : सांसद गगन थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १८, बिहिबार (१ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौँ । आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको नेपाली कांग्रेसका सांसद गगन थापाले बताएका छन् ।
आजको प्रतिनिधिसभामा बोल्दै थापाले गम्भीर अपराधमा दोषी देखिएकालाई आममाफीका नाममा रिहाइ गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताएका हुन् ।

आममाफी दिने क्रममा केहीलाई कानूनी छिद्र खोजेर पनि उन्मुक्ति दिएको र गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद मिनाहा गरिएको उनको भनाइ छ ।

उनले कानून छिद्रमा टेकेर हुने यस्ता घटनालाइ रोक्न कानूनलाई आवश्कता अनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस