पर्सा-२ मा “अपराध नियन्त्रण तथा सामाजिक शान्ति सुरक्षा” सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० आश्विन २१, आईतबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

असोज २१, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं २ रङपुर तथा पर्सागढी नगरपालिकाको वडा नं १ मनवा बजारमा “अपराध नियन्त्रण तथा समाजिक शान्ति सुरक्षा” सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

शान्तिपुर्ण तथा सुरक्षित समाज निर्माणका लागी समुदाय प्रहरी साझेदारी अन्तर्गत भएको कार्यक्रममा समाजमा अपराधलाई कसरी नियन्त्रण गर्ने, शान्ति सुरक्षा कायम गर्ने बारे अभिमुखिकरण गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीले जानकारी दिए ।

सम्बन्धित वडा कार्यालयहरुको ब्यवस्थापनमा भएको उक्त कार्यक्रममा उठेका प्रश्नहरुको ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक केशरीले जवाफ दिएका थिए ।

पटेर्वा सुगौलीमा भएको कार्यक्रममा वडाध्यक्ष विजय गैरे, गाउँ कार्यपालिका सदस्य सजिना बि।क, वडा सदस्य सर्मा राउत थारु, राजदेव महतो उराव, सामाजिक परिचालक सबिता गिरि लगायको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस