स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन सरकारको आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २४, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज २४, काठमाडौँ । सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान गरेको हो ।

कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौंको माइतीघरमण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।

यही असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस