कोसीमा आज मुख्यमन्त्री नियुक्त गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २६, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज २६, काठमाण्डौँ । संविधानको अन्तिम विकल्प प्रयोग गरेर कोसी प्रदेशमा आज मुख्यमन्त्री नियुक्त गरिँदै छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा अपरान्ह ५ बजे सकिँदै छ । दिएको समयभित्र नै मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्ने हुन्छ । कोसीमा यसअघि संविधानका सबै उपधाराको प्रयोग गरेर सरकार गठन भइसकेको छ ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव एवं प्रवक्ता नरेन्द्र श्रेष्ठले मुख्यन्त्रीमा दुई जनाको दाबी पेस भएको बताए। दाबी पेस गर्नेमध्ये प्रचलित कानुनलाई आधार बनाएर प्रदेश प्रमुखले एक जनालाई मुख्यमन्त्री नियुक्त गर्ने उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस