प्रचण्ड सरकारलाई ओलीको धन्यवाद !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २६, शुक्रबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असोज २६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धन्यवाद दिएका छन् ।

प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीच जारी द्धन्द्धमा फसेका नेपालीलाई स्वदेश फर्काए पछि एमाले अध्यक्ष ओलीले धन्यवाद दिएका हुन् ।

‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हिजो २५३ जना नेपाल फर्केका छन्, युद्धग्रस्त क्षेत्रमा त्रासमा रहनु ज्यादै पीडादायी हुन्छ,’ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले भनेका छन्, ‘नेपाली विद्यार्थीलाई काठमाडौं फर्काउन पहल गरेकोमा सरकारलाई धन्यवाद ।’

ताजा अपडेट

खोजी गर्नुहोस