कमल थापा भन्छन्-‘सरकार गम्भीर नबन्दा धार्मिक र सामाजिक सद्भाव बिग्रियो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २९, सोमबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असोज २९, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान र कानुनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशील नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका छन् ।

बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले धर्म परिवर्तन गराउने र गौ हत्या जस्ता संविधान र कानुनले निषेध गरेको कार्य भइरहेको प्रति सरकार संवेदनशील हुन नसक्दा धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका हुन् ।

उनले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम गराउन संविधान र कानुनको पूर्ण पालना गराउन सरकार गम्भीर हुनुपर्ने बताए। थापाले समाजमा द्वन्द्व भड्काउन सक्ने स्थिति प्रति सबै पक्षहरु सचेत बन्नुपर्ने बताए । त्यस्तै अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले नै जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस