‘अहिलेको सरकारको कुनै प्राथमिकता छैन्’: महामन्त्री थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कात्तिक २,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताए ।

बिहीवार नेपाल प्रेस युनियन काठमाण्डौले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन्। उनले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने बताए ।

थापाले सत्तारुढ गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताएका हुन् । उनले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन धेरै भागबण्डा गर्नुपर्ने अवस्था आउने बताए ।

उनले कुनै एक पार्टीलाई मात्र सरकार चलाउन नदिने हो भने सरकार यस्तै अस्तव्यस्त भइरहेको समेत जिकिर गरे । उनले अहिलेको सरकारको कुनै प्राथमिकता नभएको बताए । महामन्त्री थापाले निर्वाचन पूर्व कांग्रेसले कुनैपनि गठबन्धन नगर्ने स्पष्ट पारे । उनले आगामी निर्वाचनमा कांग्रेस गठबन्धन गरेर गएमा कांग्रेस पार्टी एक नरहने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस