राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ६, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कात्तिक ६,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दशैँको महानवमीको अवसरमा आज सोमवार नवदुर्गाको अवतारस्वरूप नवकन्याको पूजा–अर्चना गरेका छन् । विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गरेका छन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे । दशैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस