परराष्ट्रमन्त्री साउद आइतबार अमेरिका जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ११, शनिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक ११, काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्दै छन् । भ्रमणका क्रममा उनले कात्तिक १३ गते वाशिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा उनले युएसएआइडीका प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् । उनले अमेरिकी कांग्रेस नेपाल ककसका सहअध्यक्ष कांग्रेस सदस्य माइक केरीसँग पनि भेटवार्ता गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस