राष्ट्रिय सभाको रिक्त हुने पदमा माघको दोस्रो सातासम्म निर्वाचन हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १५, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १५, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्ता सम्ममा गर्नेगरी तयारी गरेको छ ।
आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्ता सम्ममा निर्वाचन गर्ने तयारी गरेको हो ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुरा जानकारी दिए । उनले फागुन २१ गते २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस