चालु संसदको अधिवेशन आजबाट अन्त्य गर्ने सरकारको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १६, बिहिबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक १६, काठमाडौँ । सरकारले बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने नर्णय गरेको बताएका छन् ।

उनले सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस