कोशी सरकारबाट एमाले बाहिरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १७, शुक्रबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौँ । एमाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुलाई मन्त्री नियुक्त गरेपछि प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको गठबन्धनमा एमाले संलग्न नहुने बताए ।

सरकारमा एमालेका रामबहादुर राना मन्त्री रहेका छन् । यसअघि नै एमालेले कांग्रेस बाहेक अन्य दलहरुलाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो । मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका गणेशप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस