प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपील

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १८, शनिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपील गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भनेका छन्, ‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६।४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु । घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्। उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।’’

भूकम्पमा परी जाजरकोट र रुकुममा ३४ भन्दा धेरैको मृत्यु भइसकेको छ भने थप विवरण आउने क्रम जारी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस