प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, भूकम्प प्रभावितको राहत तथा उद्धारबारे छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १८, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबारका लागि मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।

भूकम्पका कारण कर्णालीको जाजरकोट र रूकुममा भएको क्षति तथा भूकम्प प्रभावितको राहत तथा उद्धारबारे छलफल गर्न बैठक बोलाइएको हो ।

आज सबै मन्त्रीहरू राहत तथा उद्धारमा केन्द्रित भएका कारण प्रधानमन्त्रीले भोलि बिहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण जाजरकोट र पश्चिम रूकममा पुगेर क्षतिको विवरण संकलन गरिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस