कांग्रेस महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २०, सोमबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबार पश्चिम नेपालमा गएको भूकम्प र सभाहलको प्राविधिक कारणले पार्टीको महासमिति बैठकको निर्धारित मिति दुई साता पछाडि सारेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले महासमिति बैठक आगामी मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने नयाँ मिति तय गरेको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । यसअघि आगामी मंसिर १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने तय भए पनि उक्त मितिमा तयारी पूर्ण नहुने नदेखिएपछि कांग्रेसले नयाँ मिति तोकेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस