माओवादी केन्द्रको काठमाडौं केन्द्रित प्रदर्शन स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २०, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाडौँ । नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ ।

कर्णालीका जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको पार्टी महासचिव देव गुरूङले अनलाइनखबरलाई जानकारी दिए । काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा तोकिएका जनप्रदर्शनका कार्यक्रम भने यथावत रहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस