यूरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल भोलि भूकम्प प्रभावित क्षेत्रमा जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २०, सोमबार (१ साल अघि)
  • ५७ पटक पढिएको
Post Thumbnail

कात्तिक २०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् ।

प्राकृतिक विपतको बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस