भूकम्पबाट मृतक सबै परिवारलाई किरिया खर्च र राहत प्रदान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २१, मंगलबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक २१, रुकुमपश्चिम । गत शुक्रबार आएको भूकम्पका कारण मृत्यु भएका रुकुमपश्चिमका सबै परिवारलाई स्थानीय सरकारले किरिया खर्च र राहत सामग्री उपलब्ध गराएका छन् ।

आठबिसकोट नगरपालिका क्षेत्रमा ४२ जना मृतक र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको थियो । आठबिसकोटका दुई जना र सानीभेरीका दुई जनाको जाजरकोटमा मृत्यु भएको थियो भने आठविसकोटमा जिल्ला बाहिरका चार जनाको मृत्यु भएको थियो ।

आठबिसकोट र सानीभेरी क्षेत्रमा किरिया कर्म गरिरहेका सबै मृतकका परिवारलाई सम्बन्धित स्थानीय तहले २५ हजार रुपियाँको दरले किरिया खर्च दिइसकेको जानकारी दिएका छन् । आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहका अनुसार किरिया खर्चसँगै राहतसमेत उपलब्ध गराइएको छ । नगरप्रमुख रवि केसी र उपप्रमुख धनकुमारी शाहीको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानवीर ओलीका अनुसार भूकम्पका कारण मृत्यु भएका १२ जना मृतकका घरमा पुगेर २५ हजार रुपियाँको दरले किरिया खर्च र राहत सामग्री बुझाइसकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस