सिराहामा दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ७, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाडौँ । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका–५ का १९ वर्षीय मुकेशकुमार सिंह, २७ वर्षीय दिनेशकुमार यादव र ३२ वर्षीय रामवृक्ष यादव रहेका छन् ।

बुधबार साँझ सिराहा नगरपालिका–१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिम आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले बताए ।

उनका अनुसार उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पुर्‍याउँदा तीनै जनालाई चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस