बल्खु चोकमा ढुङ्गा हानाहानले तनावग्रस्त, थपियो १० गाडी प्रहरी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ७, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाडौँ । काठमाडौंमा प्रदर्शनरत नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवासायी दुर्गा प्रसाईं समूहबीच ढुङ्गा हानाहान भएको छ ।

आज तीनकुनेमा प्रदर्शन गर्ने भनिएका नेकपा एमाले निकट युवा संघका कार्यकर्ता मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेका थिए । सोही क्रममा आज बल्खु केन्द्रित आन्दोलन गरिरहेका प्रसाईं समूह र युवा संघबीच ढुङ्गा हानाहानको अवस्था सिर्जना भएको हो ।

बयोधा अस्पताल नजिक भइरहेको प्रसाईंको आन्दोलनमा करिब २५० जना र युवा संघकोमा करिब ७० जना सहभागी रहेका छन् । दुई समूहको ढुङ्गा हानाहानले बल्खु चोक चनावग्रस्त बनेको छ । दुई पक्षबीच झडप सुरु भएपछि काठमाडौँको बल्खु चोकमा प्रहरीको संख्या बढाइएको छ । केही बेरअघि मात्र बल्खुमा थप १० गाडी प्रहरी पुगेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस