दुर्गा प्रसाईं समूहले आज कहाँ गर्दैछ कार्यक्रम ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ९, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानले आज काठमाडौँको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय बिमानस्थलमा समेत प्रभाब पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो ।

महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार भएको छलफलपछि सिफलमा बिहान साढे ११ बजेदेखि कार्यक्रम गर्ने सहमति भएको जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस