उदयपुरमा पिकनिक गएको स्कुल बस दुर्घटना, ३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ९, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाण्डौँ । उदयपुरमा पिकनिक गएको स्कुल बस शनिबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १–०५–००१ ख ००४४ नम्बरको स्कुल बस दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा १२ जना गम्भीर र २५ जना सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक तीन जनाको सनाखत भएको र ज्यान गुमाउनेमा चालक बिखन चौधरी, सात वर्षीया सन्या चौधरी र छ वर्षीय विकास चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत् उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना भएको हो ।
गम्भीर घाइते १२ जनालाई रिफर गरी विराटनगरतर्फ लगिएको र २५ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस