नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष ४, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पुस ४,काठमाडौँ । नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको कागजात मिलाउने गरेको आरोपमा पक्राउ परेका निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् ।

अनुसन्धानका लागि पक्राउ परेका उनीहरु दुवैजनालाई निलम्बन गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । पोखरेल र यादव लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि प्रहरीको हिरासतमा छन् ।

मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन गर्ने वायुसेवा निगमका कर्मचारीको सेवा, शर्तसम्बन्धी नियमावलीको प्रावधानअनुसार दुवैजनालाई निलम्बन गरिएको प्रवक्ता पौडेलले बताए ।

प्रहरीले अधिकृत पोखरेललाई गएको मङ्सिर २५ गते तथा वरिष्ठ सहायक यादवलाई मङ्सिर २७ गते पक्राउ गरेको थियो । नक्कली भिजिट भिसामा कागजात मिलाउने घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस