दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतलाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० पौष ६, शुक्रबार (१ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

पुस ६,काठमाडौँ । दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । गएराति भएको तेस्रो तथा निर्णायक खेलमा भारतले दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो ।

जितका लागि २ सय ९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ५ बलमा २ सय १८ रनमा अलआउट भयो । उसका टोनी डी जोर्जीले ८१ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।

भारतका अर्शदीप सिंहले ४ तथा आवेश खाँ र वासिङ्टन सुन्दरले समान २/२ विकेट लिए ।

ताजा अपडेट

खोजी गर्नुहोस