देशभरको मौसम सामान्यतया सफा रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष ६, शुक्रबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पुस ६,काठमाडौँ । आज देशभरको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा नै रहेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौमा आज बिहान न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौमा यस सिजनकै अहिलेसम्मको सबैभन्दा कम न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज पानी पर्ने सम्भावना छैन ।

भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ।

ताजा अपडेट

खोजी गर्नुहोस