यतीको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष,अन्तिम प्रतिवेदन सरकारलाई बुझाइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १२, बिहिबार (१ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

पुस १२,काठमाडौँ । १ माघ २०७९ मा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ ।

यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो । यस दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँच आयोगको निष्कर्ष रहेको छ ।

नेपाली आन्तरिक हवाई उडानको यो सबैभन्दा विनाशकारी दुर्घटना हो । दुर्घटनाको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । त्यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज भुइँमा झरेको थियो । यसो हुनुमा मानवीय कारण दोषी मानिएको छ ।

आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोही कारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस