नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २४, मंगलबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पुस २५,काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार एकाएक राजीनामा दिएका हुन् ।

मङ्गलवार सञ्चार मन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको प्राधिकरण एक उच्च अधिकारीले अनलाइनकेन्द्रलाई जानकारी दिए । खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए । पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया आदि विषयमा विभिन्न खालका विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको बुझिएको छ । यद्यपि टेरामक्स, एमडीएमएसको विषय भने पछिल्लो समय निकै पेचिलो बन्दै गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस