माओवादीको विधान सम्मेलन फागुन १–३ गते हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २८, शनिबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पौष २८, काठमाडौँ । सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आउँदो फागुन १ देखि ३ गतेसम्म गरिने भएको छ । विधान सम्मेलन काठमाडौंमा गर्ने निर्णय पनि गरिएको छ ।

शनिबार बसेको स्थायी कमिटीको बैठकबाट यो निर्णय गरिएको उपाध्यक्ष एवं पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। विधान सम्मेलनअघि माघ २६ गते स्थायी कमिटीको बैठक बस्ने उनले बताए ।

मंसिरमा हुने भनिएको माओवादी केन्द्रको विधान सम्मेलन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डको व्यस्तता, जनतासँग माओवादी विशेष रूपान्तरण अभियान लगायतका कारण स्थगित गरिएको बताइएको थियो ।

गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले मंसिरमा पार्टीको विधान सम्मेलन र त्यसको ६ महिनापछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। पार्टी विधि र पद्धतिसम्मत नचलेको, नेतृत्व मनोमानी रूपमा चलेको भन्दै बैठकमा केन्द्रिय सदस्यहरूले प्रश्न उठाएपछि माओवादीले विधान सम्मेलन गर्ने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस