सरकारले ल्याएको बजेटप्रति एमालेको असन्तुष्टि

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ जेष्ठ १९, शनिबार (११ महिना अघि)
  • १४७ पटक पढिएको
सरकारले ल्याएको बजेटप्रति एमालेको असन्तुष्टि

जेठ १९,काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गरे ।

बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उनले बजेट निर्माण प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको दाबी गरे । अध्यक्ष ओलीले बजेटप्रति असन्तुष्टि जनाए पनि बजेटलाई समर्थन र पारित गर्ने एमालेको नीति रहेको बताए ।

उनले सरकारले प्रतुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको बताए । अध्यक्ष ओलीले बजेटलाई समर्थन गरेर अघि बढ्न पार्टीका सांंसदलाई निर्देशन पनि दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस