प्रतिनिधिसभा

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूचीहरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ३२, शुक्रबार (११ महिना अघि)
  • ८९ पटक पढिएको
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूचीहरु

जेठ ३२, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।

आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

यी मन्त्रालयउपर विभिन्न सांसद्हरुले खर्च घटाउन प्रस्ताव पेस गर्नेछन् । उक्त प्रस्तावहरूलाई पनि आजै निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

#प्रतिनिधिसभा

ताजा अपडेट

खोजी गर्नुहोस