जेठ १४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा भोली बजेट प्रस्तुत गर्न दिने बताएको छ । संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बजेट नरोक्ने बताएका हुन् ।
‘अहिलेको संवैधानिक प्रक्रियाअनुसार भोलि हाम्रो बजेट छ । हामी बजेटलाई व्यवधान गर्दैनौँ । त्यसमा डिस्टर्बेन्स गर्ने हाम्रो कुनै आशय छैन । त्यति सुझबुझपूर्ण राजनीति हामी गर्छौँ,’ झाले भने ।
संवैधानिक प्रक्रियालाई सम्मान गर्ने राजनीतिक अभ्यास आफूहरूसँग भएको भन्दै उनले बजेट रोक्नेजस्ता विभिन्न आशंका नबेच्न सत्तापक्षलाई आग्रह गरे । यनले सुशासनका लागि गृहमन्त्रीमाथि छानबिनको माग गर्दै गर्दा आफूहरूले संवैधानिक व्यवस्थालाई नमिच्ने प्रस्ट पारे ।