जेठ १४, काठमाडौं । आजको प्रतिनिधिसभा बैठक भोली बस्ने गरी स्थगित भएको छ । प्रतिपक्षी दलको अवरोधपछि भोलि दिउँसो साढे १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
यसअघि बिहान ११ बजेलाई बोलाइएको बैठक झन्डै एक घण्टा ढिलो गरी सुरु भएको थियो । बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।
तर स्थगित बैठक सुरु नभएपछि साढे ३ बजेलाई सारिएकोमा प्रतिपक्षीको अडानपछि भोलिलाई बोलाइएको हो । भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गरेका हुन् । रास्वपाले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रीको संग्लनताका विषयमा उच्चस्तरीय अनुसन्धान आयोग बनाउनुपर्ने माग गरेको छ ।
आजको बैठकमा आव २०८१/८२ को आर्थिक सर्वेक्षण, ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कायसूची थियो । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ पारित तथा ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको थियो ।