बुटवलमा एकै परिवारका तीन जनाको बीभत्स हत्या

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १४, बुधबार (१ दिन अघि)
  • ६२ पटक पढिएको
बुटवलमा एकै परिवारका तीन जनाको बीभत्स हत्या

जेठ १४, भैरहवा । रूपन्देहीको बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले आमा ३३ वर्षिया दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानी आज बिहान हत्या गरिएको अवस्थामा भेटिएको जानकारी दिए । घटना बिहान ४ बजेतिर भएको हो ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन् । प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन् । अहिले भने डिभोर्स गरेर छुट्टै बसिरहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस