बागमती खोलाले तेलट्यांकर र ट्रक बगायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १५, बिहिबार (२० घण्टा अघि)
  • ६२ पटक पढिएको
बागमती खोलाले तेलट्यांकर र ट्रक बगायो

जेठ १५, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका– ८ स्थित बागमती खोलाले बिहीबार दुईवटा सवारीसाधन बगाएको छ । वर्षाका कारण पानीको बहाव बढेपछि एक तेलट्यांकर र एक डब्बा ट्रक खोलाले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार बाराको अमलेखगन्जबाट डिजेल बोकेर काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क २०३१ नम्बरको ट्यांकर पुलनजिकैको चिप्लो र हिलो बाटोमा अनियन्त्रित भई खोलामा खसेको हो । ट्यांकरचालक वीरगन्ज महानगरपालिका– २१ का २६ वर्षीय कृष्ण महतो भने गाडी खस्नुअघि नै हामफालेर ज्यान जोगाउन सफल भएका छन्।

यस्तै, वीरगन्ज भन्सारबाट सामान बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना.३ख ५१९६ नम्बरको डब्बा गाडी पनि खोलानजिकै पार्किङ गरेर राखिएको अवस्थामा पानीको तेज बहावले बगाएको प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार दुवै सवारी खोलाको बहावमा परेर बगे पनि मानवीय क्षति भने भएको छैन ।

यसअघि गएराति खसेको सुक्खा पहिरोका कारण काठमाडौं र हेटौँडा जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका– ८, भर्‍याङडाँडामा ढुंगासहितको सुक्खा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस