गृहमन्त्रीको पत्रकार सम्मेलन

मेरो संलग्नता छैन, नियोजित षड्यन्त्र भयो

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ १४, बुधबार (१ दिन अघि)
  • ४९ पटक पढिएको
मेरो संलग्नता छैन, नियोजित षड्यन्त्र भयो

जेठ १४, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । सदनमा बोल्न नपाएपछि आज पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप झुठो र राजनीतिक पूर्वाग्रह राखेर आरोप लगाइएको बताए ।

गृहमन्त्री लेखकले अख्तियारको अनुसन्धानलाई लिएर मन्त्रीको पनि संलग्नता छ भनेर प्रचारप्रसार गरिएको भन्दै उनले भने, ‘भिजिट भिसामा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा आएका छन् । यो असत्य कुरा हुन्, यो बेठिक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन ।’

उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताउँदै आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक रहेकोले सबैले सार्वजनिक रुपमै आफूलाई हेरिरहेको जिकिर गरे ।

उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ । षडयन्त्रपूर्ण छ । यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु ।’

लेखकले कुनै कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले जवाफ दिनुपर्ने उचित नभएको तर्क समेत गरे । उनले राष्ट्रसेवकमाथि अनुसन्धान गर्दा सम्बन्धित मन्त्रालयको नेतृत्वसँग प्रश्न गर्ने हो भने शासन व्यवस्था ठिक ढंगले चल्छ? भन्दै प्रश्न गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस