बस्ती विकास

‘एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउन जरुरी छ’ : योगेश भट्टराई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ३२, शुक्रबार (११ महिना अघि)
  • ९३ पटक पढिएको
‘एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउन जरुरी छ’ : योगेश भट्टराई

जेठ ३२, काठमाडौँ । प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले प्राकृतिक विपत्तिबाट बच्नका लागि एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै प्रतिनिधिसभा सदस्य भट्टराईले पहाडी र हिमाली जिल्लाहरु प्राकृतिक विपत्तिको उच्च जोखिममा भएको भन्दै विपद् प्राधिकरणलाई स्रोत, साधन र जनशक्तिको अभाव हुन दिनु नहुने बताए । उनले दुर्गम पहाडी जिल्लामा विपद्का घटना घट्दा समयमै उद्धार गर्नसक्ने अवस्था नभएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

#बस्ती विकास

ताजा अपडेट

खोजी गर्नुहोस