कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ ४, मंगलबार (११ महिना अघि)
  • १६४ पटक पढिएको
कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’

असार ४, काठमाण्डौँ । कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रो चरण आयोजना हुने भएको छ । ‘सक्षम’ नेपालभरका महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका–कोला नेपालले सुरु गरेको थियो । हाल सम्म सक्षमद्वारा २,००० भन्दा बढी महिलाहरुले सशक्तिकरण तथा उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन् ।

‘सक्षम’ कार्यक्रमको बारेमा बोल्दै कोका–कोला नेपालका निर्देशक चन्द्रिका कालियाले भन्नुभयो, “हामी नेपालमा महिला उद्यमीहरूलाई थप सशक्त बनाउँदै हाम्रो सक्षम कार्यक्रमको दोस्रो चरणको यात्रा जारी राख्न पाउँदा अत्यन्त हर्षित छौँ । हामी नवप्रवर्तन, दिगोपन र समावेशीतालाई प्रवर्धन गर्नेे अवसरहरू सिर्जना गर्नु पर्नेमा विश्वास गर्छौँ । सक्षममार्फत हामीले नयाँ उद्यमीहरूलाई सहयोग गर्ने मात्र नभई देशको आर्थिक र सामाजिक विकासमा पनि योगदान पु¥याउने लक्ष्य राखेका छौँ । सक्षम कार्यक्रममा सहभागी महिलाहरूले उनीहरूको समुदायमा पारेका प्रभाव र उद्योगमा ल्याएको परिवर्तन देख्न पाउँदा हामी निकै उत्साहित छौं ।”

२०२४ मा बृहत समीक्षाद्वारा छनोट गरेपछि मे ३१, २०२४ मा सुरु गरिएको सक्षम कार्यक्रममा विशेषज्ञहरुद्वारा महिला नेतृत्व, कम्पनी वैधता, वित्त पहुँच, र सर्कुलर अर्थतन्त्र जस्ता विभिन्न सत्रहरू संचालन गरिएको थियो । दुई–महिने कार्यक्रममा लैङ्गिक अधिकार, नेतृत्व, जलवायु परिवर्तन, कानुनी प्रक्रिया, मार्केटिङ, र वित्त लगायत विभिन्न विषयका सत्रहरू समावेश थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस