ओली नेतृत्वको सरकारमा राजपा कसरी सहभागी हुन सक्छ ? राजेन्द्र महतो यस्तो भन्छन,

Post Thumbnail

असार ३,धनुषा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका छन।

नेता महतोले भने, “संविधान संशोधन भयो भने राजपा नेपाल सरकारमा सहभागी हुन तयार छ, अब हेरौँ बल सरकारको कोर्टमा छ, यसमा कस्तो गोल हान्ने त्यो उहाँहरुको रोजाइको विषय हो ।”

आज जनकपुरमा मानव विकास केन्द्र नामक संस्थाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महतोले भने, “नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली वर्तमान सरकारसँग संविधान संशोधनको आशा हामीलाई छ ।”

नेता महतोले सरकारसँग बहुमतको समेत कुनै समस्या नभएको हुँदा संविधान संशोधन गरेर मधेशी जनताले उठाउँदै आएको मागलाई सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, “अधिकारको आन्दोलन सम्पन्न नभएसम्म विकासको मार्ग प्रशस्त हुन नसक्ने हुनाले सर्वप्रथम वर्तमान सरकारले मधेशको जनताको मागलाई सम्बोधन गर्न संशोधनको मुद्दालाई गम्भीरताका साथ लिएर समाधान गर्नुपर्छ ।”

नेता महतोले रेशम चौधरीको विषयलाई उठाउँदै चौधरीमाथि लगाइएका झुठा मुद्दा यथाशीघ्र फिर्ता हुनुपर्ने माग गरे।

ताजा अपडेट

खोजी गर्नुहोस