च्याउ

तनहुँमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ८, शनिबार (१० महिना अघि)
  • ८९ पटक पढिएको
तनहुँमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

असार ८, काठमाण्डौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेको अवस्थामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।

#च्याउ

 

ताजा अपडेट

खोजी गर्नुहोस